
ललितपुर । गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ । गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनले भन्नुभयो, “सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षणको रिपोर्ट नआउँदासम्म बन्दका लागि आग्रह गरेका हौँ ।’
कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गइरहेका अवस्थामा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले अपील समेत गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्