×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमै ३२ हजार पाँच सयले बढ्यो सुन मूल्य, चाँदीको मूल्यमा पनि ४३५ रुपैयाँको बढोत्तरी !

PRIME CA
GLOBAL IME BANK

एक वर्षमै ३२ हजार पाँच सयले बढ्यो सुन मूल्य, चाँदीको मूल्यमा पनि ४३५ रुपैयाँको बढोत्तरी !

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  पछिल्लो एक वर्षमा सुन मूल्य ३२ हजार ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले १ वर्षको अवधिमा सुनको मूल्य प्रतितोला ३२ हजार ५०० ले बढेको जनाएको हो । गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला ७७५ कायम भएको थियो । यस्तै एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४३५ वृद्धि भएको छ । 
त्यसयता लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज उच्च वृद्धि भएको छ । महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोला एक हजार २०० ले बढेको छ । महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८६० तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताए । सुन प्रतितोला झण्डै एक लाख पुग्नै लागे पनि यसको कारोबार भने ठप्प रहेको उहाँको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: