Skip to content
LAXMI SUNRISE BANK

सुनको मुल्यले बनायो एतिहासिक रेकर्ड, चाँदीको मूल्य पनि ह्वात्तै बढ्यो, कारोबार ठप्प प्राय !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ  । मंगलबार  प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् । 
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) १० ग्राम सुनको मूल्य ७९ हजार ५६०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ६१  रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK