×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदी चोर्ने तीन धुन्दुकारीहरु प्रहरीको फन्दामा, एक महिना अघि जेलबाट छुटेका थिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनचाँदी चोर्ने तीन धुन्दुकारीहरु प्रहरीको फन्दामा, एक महिना अघि जेलबाट छुटेका थिए

Artha Sarokar

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरीले सुनचाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ गरेको छ । उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुले लाजिम्पाटको पबी जवेलर्समा रहेको एक किलो एक सय ५० ग्राम सुन, ८ किलो ५ सय ६० ग्राम चाँदी र नगदसमेत गरी ८५ लाख ६ सय ४२ रुपैयाँ बराबरको चोरी गरेको अनुसन्धानबाट देखिएको छ । जेलबाट छुटेको एक महिनामै उनीहरुले यो चोरी गरेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी