×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ किलो सुन र पेस्तोल प्रकरण : ३ जना पक्राउ, अनुसन्धान हुँदै !

LAXMI SUNRISE BANK

१५ किलो सुन र पेस्तोल प्रकरण : ३ जना पक्राउ, अनुसन्धान हुँदै !

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार बिहान काठमाडौँको कमलादीमा १५ किलो सुन भएको झोला फालेर भागेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई दुम्कीबासबाट पक्राउ गरेको हो ।
उनीहरुले फलेको झोलाबाट प्रहरीले १५ किलो सुन र दुई थान हतियार फेला पारेको थियो । अनुसन्धानका क्रममा १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टी भएको थियो । महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेलले तीन आरोपी पक्राउ गरिएको बताए । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको बताउँदै उनले संलग्नताबारे अनुसन्धान भइरहेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी