×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमलादीबाट १५ किलो सुन बरामद, सुन तस्करले झोला फालेर भागेपछी…प्रहरीनै तीनछक्क !

LAXMI SUNRISE BANK

कमलादीबाट १५ किलो सुन बरामद, सुन तस्करले झोला फालेर भागेपछी…प्रहरीनै तीनछक्क !

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरीले कमलादीबाट १५ किलो अवैध सुन बरामद गरेको छ । सुन तस्करलाई पछ्याउदै जाँदा तस्करको समूह सुनको झोला फालेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले विशेष सूचनाको आधारमा सुन तस्करहरुलाई फलो गरेको थियो । बरामद भएको झोलाबाट प्रहरीले १५ किलो सुन र दुई थान हतियार फेला परेको हो । 
सो घटनाबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ । सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । 
आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख बराबरको रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी