
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले कमलादीबाट १५ किलो अवैध सुन बरामद गरेको छ । सुन तस्करलाई पछ्याउदै जाँदा तस्करको समूह सुनको झोला फालेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले विशेष सूचनाको आधारमा सुन तस्करहरुलाई फलो गरेको थियो । बरामद भएको झोलाबाट प्रहरीले १५ किलो सुन र दुई थान हतियार फेला परेको हो ।
सो घटनाबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ । सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ ।
आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख बराबरको रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्