×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करले प्रहरीलाई नै झुक्याएपछी…, १५ किलो सुनमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टी ! (भिडियो)

PRIME CA

सुन तस्करले प्रहरीलाई नै झुक्याएपछी…, १५ किलो सुनमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टी ! (भिडियो)

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टी गरेको छ । मंगलबार विहान बरामद १५ किलो पहेंलो धातु परीक्षण गर्दा ५ सय ग्राम (आधा किलो) मात्रै सक्कली सुन भएको पुष्टि भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले १५ किलो पहेंलो धातुमा आधा किलो मात्रै सुन भएको बताउनुभयो । बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि भएको पत्रकार सम्मेलन मार्फत बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘‘१५ किलो सुनजस्तो देखिने पहेंलो वस्तु बरामद भएको थियो । जाँचका लागि सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा उक्त धातु मध्ये अहिलेको मूल्य अनुसार ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको आधा किलो सुन र बाँकी १५ लाख ५६ हजार ४ सय मूल्य बराबरको चाँदी रहेको पाइयो ।’’
प्रहरी मंगलबार विहान कृष्ण पाउनरोटी नजिक चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: