- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय २५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) १० ग्राम सुनको मूल्य ८४ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।