
नयाँ दिल्ली । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा आगामी वर्षहरुमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।
गुगलले अबको पाँचदेखि सात वर्षमा भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरिसकेको छ । यसअघि सोमबार गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत उक्त रकम लगानी गर्ने योजनाबारे घोषणा गरेका हुन् ।
भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको हो । उनले भारतको डिजिटल अर्थतन्त्रलाई बढावा दिन यो लगानीको योजना अघि सारिएको बताएका छ ।
उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीको क्रममा अनलाइन एक लाइफलाइन बनेको पनि बताए । सन् २०१५ मा पहिलोपटक गुगल फर इन्डिया कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यसपछि प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ । सोमबारको कार्यक्रम छैटौं कार्यक्रम थियो । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुन्दर पिचाईसँग छलफल गरेका थिए ।
छलफलको क्रममा उनीहरुको बीचमा विभिन्न विषयमा छलफल भएको थियो । मोदीले कोरोना भाइरसका साथै प्रविधिको भूमिकाको विषयमा पनि चर्चा भएको थियो ।
यसअघि अमेजनका सीईओ जेफ बेजोसले भारत भ्रमणका क्रममा एक अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने उनले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलरको निर्यातमा सहयोग गर्ने बताएका थिए।चीनले गुगललाई प्रतिबन्ध लगाएपछि विश्वको ठूलो शक्ति र बजार भएको देशमा भारतमा गूगलले लगानी गर्ने जनाइएको छ ।
५० करोड भन्दा बढि सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु भएको भारतमा गुगलले आफ्नो बजार प्रभुत्व स्थापित गर्ने भएको छ । उक्त लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फन्ड अन्तर्गत गरिने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्