
- अर्थ सरोकार सम्बाददाता
गोरखा । स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएपछि बारपाक सुलिकोट गाउँपालिका मातहतका सबै कार्यालयहरु बन्द गरिएको छ । गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै असार २१ गतेसम्मका लागि स्वास्थ्य चौकीबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
बुधबार गोरखामा थपिएका तीन कोरोना संक्रमित मध्ये दुईजना बारपाक सुलीकोट गाउँपालिकाका हुन् । ‘एकजना सूर्यज्योती माविको क्वारेन्टिनमा बस्दै आउनुभएको व्यक्ति हो,’ प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भने, ‘अर्काे हाम्रै पालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुनुहुन्छ ।’
संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको क्रममा यही असार १३ गते उनीहरुको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले बताए । उनीहरुमा संक्रमण पुष्टि भएसँगै आगामी दिनमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि थप सर्तकता अपनाइएको उनको भनाइ छ ।
संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम जारी राखिएको उनले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्