×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन !

Artha Sarokar

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन दिएसँगै प्रहरीले पक्राउ गर्ने भएको हो ।  आज (सोमबार) जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 
मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिए । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने गृहले बताएको छ ।
लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी