×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीमा मास्क नलगाई हिँड्ने १ सय ३४ जना कारवाहीमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गुल्मीमा मास्क नलगाई हिँड्ने १ सय ३४ जना कारवाहीमा

Artha Sarokar

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गुल्मी

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी। गुल्मीमा मास्क नलगाई हिँडडुल गर्ने १३४ जनालाई प्रहरीले कारबाही गरेको छ । प्रहरीले सदरमुकाम तम्घासमा घर बाहिर निस्किँदा र पसलमा रहँदा मास्क नलगाउने १३४ जनालाई कारवाही गरिएको हो।
उनीहरुलाई १०० रुपैयाँका दरले जरिवाना गरिएको र जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त एउटा मास्क दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताए। उनीहरुलाई सम्झाइबुझाइ पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
१०० रुपैयाँ जरिवाना तिर्न नसक्नेलाई नियन्त्रणमा लिई प्रहरी कार्यलयमा राखिएको पन्तले बताए। घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने र मास्क नलगाए नियन्त्रणमा लिई १०० रुपैयाँ जरिवाना गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। ग्रामीण क्षेत्रमा पनि मास्क लगाए नलगाएको अनुगमन गर्न कारबाही गर्न प्रहरी चौकीहरुलाई समेत निर्देशन दिएको शर्माले बताए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी