×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्तको ७.६१२% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

PRIME CA
GLOBAL IME BANK

गुराँस लघुवित्तको ७.६१२% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले ७.६१२ प्रतिशत बोनस शेयर आफ्नो सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत कात्तिक २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।
कात्तिक २६ गते पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस शेयरधनीको खातामा जम्मा गर्ने जनाएको छ ।
संस्थाले मंसिर १४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ७.६१२% बोनस सेयर कर प्रयोजनार्थ ०. ४%  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: