Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा आफ्नै हजुरआमाको हत्या गर्ने नाती पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार संवाददाता 
कैलाली । कैलालीमा आफ्नौ हजुरआमाको हत्या गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षिय गणेश बहादुर ऐर पक्राउ परेका हुन् । उनले आफ्नै ७५ वर्षिय हजुरआमा पार्वतीदेवी ऐरलाई फलामको रड र दाउले प्रहार गरि हत्या गरेका थिए । 
मंगलवार दिउँसो ३ बजेतिर घरमा कोही नभएको मौका छोपी उनले आफ्नै हजुरआमालाई फलामको रडले घाँटीमा प्रहार गरी घाईते बनाई घर नजिकै रहेको बारीमा लगेर धारिलो हतियार (दाउ)ले घाँटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका नायव प्रहरी उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
विष्टका अनुसार हत्या प्रश्चात ऐरले हजुरआमाको शव बारीमा अरहरको झारले छोपेर लुकाएका थिए । वुधवार विहान हत्या भएको जानकारी भएपछि ईलाका प्रहरी कार्यालय फल्टुडेमा गएको प्रहरी टोलीले नाती गणेश ऐरले घरबाट नै पक्राउ गरेको हो । उनले हत्यामा प्रयोग गरेको फलामको रड र धारिलो हतियार (दाउ) समेत बरामद गरीएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK