×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्याम्स अस्पताललाई कोरोना परीक्षणको अनुमति, सरकारले तोकेको शुल्कमा परीक्षण गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ह्याम्स अस्पताललाई कोरोना परीक्षणको अनुमति, सरकारले तोकेको शुल्कमा परीक्षण गरिने

Artha Sarokar

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले कोरोना भाइरसको सशुल्क आरटी-पीसीआर परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको हो । यसअघि मन्त्रालयले स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पताललाई शुल्क लिएर परिक्षण गर्न अनुमति दिएको थियो ।
अस्पताल सरकारले कोरोना परीक्षण शुल्क पाँच हजार पाँच सय तोकेको छ ।यससँगै रिपोर्ट आउन ३-४ दिन लाग्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ । यसबाट अस्पतालमा पीसीआर परीक्षण सुरु भएपश्चात् शल्यक्रिया गर्नुपर्ने, अन्य उपचारका प्रविधि अपनाउनुपर्ने तथा आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीहरुलाई प्रत्यक्ष फाइदा पुग्नेछ । अस्पतालले पीसीआरको रिपोर्ट १२ घण्टाभित्रै उपलब्ध गराउने जनाएको छ ।
यस्तै, निरोगिताको प्रमाणपत्र चाहिएका वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कूटनीतिक नियोगका कर्मचारीहरु, अन्य अस्पतालका बिरामीहरुले समेत अस्पतालबाट सशुल्क पीसीआर गराउन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी