Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंकको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – हिमालयन बैंक लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ । साउन १ गतेबाट लागू हुने गरी सेयर रजिष्ट्रारको काम हिमालयन क्यापिटलले गर्ने भएको हो ।
बैंकको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि हिमालयन क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ति गरिएकाे बैंकले जानकारी गराएकाे छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK