×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकले ल्यायो पाँच प्रकारका सहज-सरल विशेष कर्जा योजना, यस्ता छन् विशेषताहरु

LAXMI SUNRISE BANK

हिमालयन बैंकले ल्यायो पाँच प्रकारका सहज-सरल विशेष कर्जा योजना, यस्ता छन् विशेषताहरु

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन बैंकले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ११ प्रकारका विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ८.४९ प्रतिशत व्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९ प्रतिशत व्याज दरमा पाँच प्रकारका सहज-सरल विशेष कर्जा योजना सार्वजनिक गरेको हाे ।
बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत व्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् । त्यसैगरी, ९.८९ प्रतिशत व्याजको कर्जा योजनामा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् ।
त्यस्तै, बैंकले १०.३९ प्रतिशत व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ । दश वर्षको अवधि सम्मका लागि पाइने एसएमई कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । ग्राहकहरुले घर निर्माण वा घर-जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् । शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
विशेष आर्कषणको रुपमा उपरोक्त बिशेष सहज, सरल कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्युन रहने छ र यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनु हुनेछ । ग्राहकहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरु मार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नेछन् । हिमालयन बैंकले देशभरिका ६८ शाखा कार्यलयहरुबाट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी