
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाडौंस्थित कान्ती बाल अस्पताललाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ । उक्त मेशिन मर्मत संभार गर्न बैंकले १ लाख ४२ हजार ९ सय ४५ रुपैयां प्रदान गरेको छ ।
बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए । बैंकका तथा अस्पतालका अन्य कर्मचारीहरु पनि सो कार्यक्रममा उपस्थिति रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्