
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरसका कारण सारा देश आतंकित र त्रसित बनेका बेला होटल व्यवसायमा परेको असर पनि कम छैन । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत्र ११ गतेदेखि गरिएको लकडाउनका कारण व्यवसाय सञ्चालन गर्न नपाएका होटल व्यवसायीहरु यतिबेला राहत प्याकेजका लागि सरकारसँग हारगुहार गर्न थालेका छन् ।
लामो समयदेखीको बन्दाबन्दीका कारण व्यवसाय र व्यवसायीमा ठुलै धक्का लागेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए । उनले भने, “व्यवसाय धरापमा छ । पटक पटक आफ्ना माग राख्दापनि हाम्रो मागको सुनुवाई भएको छैन । आश त एकरत्ति पनै छैन र पनि यदी यसरी नै हाम्रा समस्यालाई राज्यले नजरअन्दाज गर्दै जाने हो भने हामी आन्दोलन स्वरुप व्यवासायका ताला चाँबी सरकारलाई बुझाउनेछौँ ।”
“सरकारलाई कर पनि तिर्नुपर्ने, बैंकको लोन पनि तिर्नैपर्ने, भाडा नतिरे घरबेटीले निकालिदिने भन्ने चिन्ता त्यसैमाथी व्यवयास सञ्चालन गर्न नपाएका बेला सरकारले चासो नदिनु भनेको होटल व्यवसाय प्रति राज्यको चिन्ता छैन भन्ने हो”, अध्यक्ष बमले भने ।
त्यस्तै होटल व्यवसायी तथा नाटा सुदूरपश्चिमका महासचिव पदम सिंहले सरकार देशको अर्थतन्त्र मजबुत बनाउने तर्फ गम्भिर नभएको बताए । उनले भने, “भ्रमण वर्ष २०२० सुरु भएसँगै सरकारकै प्रोत्साहनका कारण व्यवसायीले लाखौँ रकम व्यवसाय फैलाउनमा लगाएका छन् तर अहिले समस्यामा पर्दा सरकारको पहल भने शुन्य रहेको छ । सरकार हाम्रो अभिभावक हो । जनताका समस्या र मागको सुनुवाई गन्पर्छ होइन भने हामी हाम्रो व्यवसाय सरकारलाई जिम्मा लगाउँछौँ ।”
लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरु लकडाउनका समयमा विस्थापित भइसकेका छन् । यस्तै चल्दै जाने हो भने सरकारको मौनता र वेवास्ताका विरुद्धमा धनगढी लगाएत सुदूरपश्चिमका होटल व्यवसायीहरु आन्दोलनमा उत्रिने पक्कापक्की देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्