
काठमाडौँ। भारतमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ३८ हजार नाघेको छ । भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएसंगै संक्रमित संख्या १२ लाख ३८ हजार ६३५ पुगेको छ।
कोरोना भाइरस संक्रमणको कारण भारतमा एकैदिनमा १ हजार १२९ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या अहिलेसम्म २९ हजार ८६१ पुगेको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा अहिले पनि ४ लाख २६ हजार १६७ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८२ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ३७ हजार ६०७ जना सङ्क्रमित भएका छन् ।
त्यसपछि तमिलनाडुमा १ लाख ८६ हजार ४९२ संक्रमित रहेका छन् । राजधानीसमेत रहेको दिल्ली प्रदेशमा १ लाख २६ हजार ३२३ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेश,कर्नाटका र तेलङ्गानामा कोरोना भाइरस संक्रमितहरु अरु राज्यको तुलनामा बढी नै रहेको छ । -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्