
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोना संक्रमित दिन प्रति दिन बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार बढी नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ संक्रमित थपिएका छन् । यो एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ ।
भारतमा कोरोना भाइरसको कारण महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित बनेका छन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३५ हजार ७४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७७९ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख ५७ हजारभन्दा धेरै कोरानो संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्