×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा तिव्र गतिमा फैलिँदै कोरोना, एकैदिन थपिए ४८ हजार बढी संक्रमित

LAXMI SUNRISE BANK

भारतमा तिव्र गतिमा फैलिँदै कोरोना, एकैदिन थपिए ४८ हजार बढी संक्रमित

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या पनि १३ लाख ८५ हजार ५२२ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३२ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७०५ जनाको मृत्यु भएको हो ।
भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोनाको परीक्षण भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा भएका परीक्षणमध्ये सरकारी प्रयोगशालामा तीन लाख ६२ हजार १५३ नमुना परीक्षण गरिएको थियो भने निजी प्रयोगशालामा ७९ हजार ८७८ नमुना परीक्षण गरिएको थियो । यससँगै भारतमा प्रति १० लाख मानिसमा परीक्षणको संख्या ११ हजार ४८५ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ६६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । तामिलनाडुमा संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ भने दिल्लीमा एक लाख २९ हजार कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी