काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ४८७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २१ हजार १२९ जना पुगेको छ । साथै पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २४ हजार ८७९ नयाँ संक्रमित थपिएसंगै संक्रमित हुनेको संख्या पनि सात लाख ६७ हजार २९६ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख २३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने नौ हजार ४४८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म एक लाख २२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार सात सय जनाको मृत्यु भएको छ ।
दिल्लीमा पनि कोरोना भाइरसका एक लाख चार हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार २१३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ३१ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८४५ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालमा २४ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८२७ जनााको मृत्यु भइसकेको छ । बिहारमा कोरोना भाइरसका १३ हजार १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १०७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोना भाइरसका चार लाख ७६ हजार ३७८ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्