Skip to content
LAXMI SUNRISE BANK

भारतमा कोरोनाको संक्रमण बढ्दो, संक्रमित संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २७ हजार नाघिसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK