
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार ९०४ पुगेको छ । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या आठ हजार ६७१ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २७ ९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ७१७ जनाको मृत्यु भएको हो ।
त्यस्तै तामिलनाडुमा एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि एक हजार ४५० पुगेको छ । दिल्लीमा पनि कोरोना भाइरसका ९७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । यो राज्यमा तीन हजार चारजनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा चार लाख नौ हजार ८३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्