×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमितको संख्या ११ लाख ५५ हजार नाघ्यो, एकै दिन ३७ हजार १४८ नयाँ संक्रमित फेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारतमा कोरोना संक्रमितको संख्या ११ लाख ५५ हजार नाघ्यो, एकै दिन ३७ हजार १४८ नयाँ संक्रमित फेला

Artha Sarokar

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ लाख ५५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ३७ हजार १४८ नयाँ संक्रमित थपिएका छन्। 
साथै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाले ज्यान गुमाएको छ।  योसंगै ज्यान गुमाउनेको संख्या २८ हजार ८४ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तामिलनाडुमा एक लाख ७५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा एक लाख २३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख २४ हजार ५७८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी