×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने ३ जना धुन्दुकारीहरु सार्वजनिक, २८८ थान नक्कली रुपैयाँ बरामद !

PRIME CA

नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने ३ जना धुन्दुकारीहरु सार्वजनिक, २८८ थान नक्कली रुपैयाँ बरामद !

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विर्तामोड । भारतीय पाँच सय रुपैयाँको कारोबारमा संलग्न ३ लाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख ४४ हजार भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कनकाइ नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाइ नगरपालिका–४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ निवासी २४ वर्षीय एराजुल हक रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
उनीहरुलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रहरीले बरामद गरेका नोट पाँच सय रुपैयाँका रहेका छन् । शनिबार दिउँसो २ बजे खुर्सैद आलमले ५०० का भारतीय नोटको कारोवार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइराखेको गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार नै छापा मारेको जनाएको थियो ।
श्रेष्ठका घरबाट पाँच सय दरका २८८ थान नक्कली भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नेपाली नोट एक हजारका चार र पाँच सयका ३३ थान गरी २० हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको भारतीय रुपैयाँमा १५ देखि २० थान नोटमा एउटै नम्बर रहेको पाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: