
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साना उद्योगी-व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याज मिनाहा तथा किस्ता तिर्ने समय सार्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती गर्दै यस्तो आग्रह गरेको हो । कोरोनाले व्यापार व्यवसायनै चौपट रहेका बेला ब्याज मिनाहा तथा किस्ता तिर्ने समय नसारेमा महासंघले सडक संघर्षमा उत्रनेसमेत चेतावनी दिएको छ ।
महासंघले ५ बुँदे माग अघि सार्दै आफ्ना मागहरु पुरा नभए सडकमा उत्रिन बाध्य भइने भन्दै चेतावनी दिएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक तथा वित्तीय क्षेत्रका संयोजक कुमार कार्कीले लामो समयको लकडाउन कारण उद्योग-व्यवसायहरु अप्ठेरोमा परेको भन्दै तत्कालै ब्याज छुटको घोषणा गरिनुपर्ने बताए । उनले लकडाउन पूर्ण रुपमा नखुल्दै बैंकले ऋण तिर्न ताकेता गरेको भन्दै ऋण तिर्ने भाका पनि पर सार्नु पर्ने पनि बताए । यस्तै महासंघले कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने र स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गर्नुपर्ने, पुनरकर्जा कोषमा साना उद्योगी-व्यवसायीहरुको पहुँच सुनिश्चितता गरिनुपर्नलगायतका माग अघि सारेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्