काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु ५० हजार घुस लिएको आरोप लागेको छ।
अनुसन्धानको सिलसिलामा रहेको र जिल्ला प्रहरी कार्यालयमा परेको सार्वजनिक हितविपरीत र जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै कार्कीले घुस मागेको आयोगले जनाएको छ। आरोपी कार्कीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी र स्रोत व्यक्तिसमेतको मिलेमतोमा बटैराज प्राविका शिक्षक रतनसिंह भण्डारीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि कारवाही गर्नुपर्नेमा अनधिकृत रुपमा रकम लिई मिलाउन लागेको पाइएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारी र प्रधानाध्यापक रतनसिंह भण्डारीले सो प्रयोजनका लागि रु ८३ हजार १०० बराबरको रकम लिएको पाइएको छ। आयोगले उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यस्तै, आयोगले घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराका कार्यालय सहयोगी खेमराज चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। होटल सञ्चालनका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग चौधरीले रु १० हजार घुस लिएको पाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्