
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १२ जनाले आवेदन दिएका छन् ।बोर्डका सिईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त भएसंगै बोर्डको सीइओ पद खाली छ । बोर्डले असार ५ गते दरखास्त आह्वान गरेकोमा अहिलेसम्म १२ जनाले दरखास्त दिएका हुन् ।
आवेदन दिनेमा सरकारी निकायका पदीय जिम्मेवारीमा रहेका अधिकारीदेखि, बैंकर, पूर्वप्रशासक तथा चार्टर्ड एकाउन्टेन्टहरूसम्म छन् । आवेदन दिनेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रदेश-१ लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइराला, विद्युत् नियमन आयोगका रामकृष्ण खतिवडा, नेपाल पर्यटन बोर्डका पूर्व सीइओ दीपकराज जोशी, विशेष औद्योगिक क्षेत्र (सेज) का पूर्वकार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रमेश पौडेल छन् ।
यस्तै राष्ट्रिय योजना आयोगमा सदस्य सुशील भट्ट, सरकारका पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, बैंकर तथा माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, बोर्डमै परामर्शदाताको रूपमा काम गरेका आशिस गजुरेल र शेरजंग कार्कीलगायत छन् ।
मन्त्रिपरिषद्ले बोर्डको सीईओ छनोटका लागि अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा एक सिफारिस समिति गठन गरिसकेको छ । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र योजना आयोगका पूर्वसदस्य गोविन्द नेपाल सदस्य छन् । समितिले दरखास्त परेकाहरूमध्ये तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद् बैठकमा पेस गर्नुपर्नेछ । र मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको सीइओमा नियुक्त गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्