×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारितास नेपाल र यार्सनको सामाजिक कार्य : क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य सामग्री सहयोग

PRIME CA
GLOBAL IME BANK

कारितास नेपाल र यार्सनको सामाजिक कार्य : क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य सामग्री सहयोग

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जाजरकोट । भेरी नगरपालिकामा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कारितास नेपाल र यार्सन जाजरकोटमार्फत उपलव्ध गराएको स्वास्थ्य तथा सरसफाइका सामग्रीहरु वितरण गरिएको छ । अष्ट्रेलियन एड, कारितास अष्ट्रेलियाको आथिक सहयोगमा कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा संचालन भइरहेको नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम (एनएलआरपी) ले भेरी नगरपालिकासँगको समन्वयमा उक्त सामग्रीहरु उपलव्ध गराएको हो । 
कारितास नेपालको जिल्लास्थित साझेदार संस्था यार्सन जाजरकोटमार्फत उपलव्ध गराइएको अन्य स्वास्थ्य तथा सरसफाइका सामग्रीहरु समेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ । विपतको समयमा समुदायमा सहयोग गर्ने कारितास नेपालको विगतदेखिकै निरन्तरता स्वरुप हालको कोरोना महामारीको सन्दर्भमा पनि सहयोगलाई निरन्तरता दिँदै भेरी नगरपालिका ३ स्थित त्रिभुवन माद्यामिक विद्यालय थाप्लेमा पुरुषका लागि ५२ सेट हाइजेनिक कीट र महिलाका लागि २२ सेट डीग्नीटी कीट उपलव्ध गराइएको यार्सन जाजरकोटले जनाएको छ ।

त्यसैगरी भेरी नगरपालिकालाई सेनीटाइजर एक सय एमएलका १८ थान, पाँच सय एमएलका ६ थान, थर्मल गन २ थान, पीपीइसेट १० थान,मेडिकल ग्लोब्स ७५ सेट, केएन ढछ मास्क ५० थान,सर्जीकल मास्क ६० थान हस्तान्तरन गरिएको यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रबन्धक सहदेव बस्नेतले बताए । आफूहरुलाई क्वारेन्टाइनमा बसेको स्थानमै आएर कार्यक्रमले सहयोग गरेको र आफूहरुको मनोबल बढाउने कार्य गरेकोमा ज्यादै खुसी भएको भेरी नगरपालिका १ का रुद्र बहादुर नेपालीले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: