
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो समय सबैभन्दा बढी विवादित सीइओ बनेका जनक शर्मा पौड्याललाई बैंकको संचालक समितिले सोधेको स्पष्टीकरण पत्र बाहिरिएको छ । जनक शर्मा पौड्यालको कार्य क्षमतामाथि प्रश्न उठाउँदै उनलाई सफाईका लागि समय दिएर सोधिएको पत्र अहिले सनराइज बैंकका कनिष्टदेखि बरिष्टहरुको मोबाइल-मोबाइलसम्म पुगेको छ । बैंकका सीइओले राजिनामा दिएजस्तोमात्र गरेको तर पदमै टाँसीएर बसेको भन्दै उक्त पत्र अहिले कर्मचारी तहसम्म सोहि बैंकका उच्च अधिकारीको भाइबरमार्फत पुगेको छ । स्टाफहरुका भाइबरसम्म पत्र आइपुगेपछि एक उच्च अधिकारीले फोटोकपि गरी उक्त पत्र विभिन्न मिडियामा समेत पठाएका छन्।

यस्तो छ पत्रको विवरण
मिति : २०७७/०४/०८
श्री जनक शर्मा पौडेलज्यु
प्रमुख कार्यकारी अधिकृत
सनराइज बैंक लि
विषय सफाई पेश गर्ने सम्बन्धमा
महोदय ,
उपरोक्त सम्बन्धमा यस सनराइज बैंक लिमिटेडका ५ जना संचालकहरु क्रमश: श्री ओम कृष्ण जोशी, श्री शारदा शर्मा पुडासैनी, श्री बच्छाराज तातेड, श्री शैलेन्द्र गुरागाईं र श्री माल्चंद दुगडले हस्ताक्षर गरी मिति २०७७-०४-०१ मा संचालक समितिका अध्यक्षलाई सम्बोधन गरी Serious Concerns raised by undersigned directors about the managerial capability of CEO of out bank विषयको संलग्न बमोजिमको पत्रमा उल्लेखित विषयमा आज मिति २०७७-०४-०८ गते बसेको बैंकको संचालक समितिको ३५० औं बैठकमा छलफल हुँदा तहाँ र बैंकको संचालक समिति बीच मिति २०७६/०३/२७ मा भएको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी सम्झौतामा भएको व्यवस्था अनुरुप तपाईलाई प्रमुख कार्यकारी अधिकृतको पदबाट किन अवकाश नदिने हो ? अवकाश दिनु नपर्ने कुनै आधार, कारण भए सो प्रमाण सहित कारण समेत उल्लेख गरी सो को चित्तबुझ्दो जवाफ सहित यस पत्रका मितिले ३ कार्य दिन भित्र सफाइ पेश गर्नहुन मौका दिइएको जानकारी गराउँदछु ।
मोतिलाल दुगड
संचालक समितिका अध्यक्ष
सनराइज बैंक लिमिटेड


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्