×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेकपाभित्रै नेताको भाँडभैलो, कैलालीमा प्रधानमन्त्री ओली र प्रचण्ड पक्षबीच झडप !

  • अर्थ सरोकार संवाददाता 
कैलाली । सत्तारूढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रै शीर्ष नेताहरूकैबीच आन्तरिक लडाई चलिरहेका बेला कैलालीमा नेकपाकै कार्यकर्ताबीच झडप भएको छ । प्रधानमन्त्री ‘केपी शर्मा ओली’ र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झडप भएको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका स्थित लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा नेकपाकै एक कार्यकर्ताले नाम तोकेरै “हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ” भन्दै भाषण गरेपछी ओली निकट र प्रचण्ड निकट कार्यकर्ता बिच झडप भएको हो । 
भारतीय चलखेलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबाटै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न खोजिएको भन्दै लम्कीमा प्रदर्शन भईरहेको थियो । भाषणका क्रममा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए । त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्कामाथि खनीएका थिए । झडप सुरुभएपछि प्रहरीको टोलीले उक्त झडप साम्य पारेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: