- अर्थ सरोकार सम्बाददाता
झापा । १८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । झापाको पूर्वी नाका काँकरभिट्टामा खटिएका १८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरो सङ्क्रमण पुष्टी भएको छ ।
यस्तै झापाका बाह्रदशी गाउँपालिकाका ३ जना पुरुष, झापा गाउँपालिकाका पनि ३ जना, विर्तामोड नगरपालिकाका एक जना पुरुषमा सङ्क्रमण पुष्टी भएको छ ।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।