
- अर्थ सरोकार सम्बाददाता
काँकरभिट्टा । मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६१२ राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ६३.१२ प्रतिशत मात्र हो । कार्यालयले आव २०७६/७७ मा १३ अर्ब २४ करोेड एक लाख ९९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताए ।
सरकारले अघिल्लो आवमा पूर्वी नाका भएर सुपारी, मरिच, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाएको र बन्दाबन्दीका कारण राजश्व सङ्कलनमा असर परेको प्रमुख भन्सार अधिकृत विश्वकर्मा जानकारी दिए । भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याङ्कीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको रु एक अर्ब १० करोड राजश्व प्रभावित बनेको कार्यालयको भनाइ छ ।
गत चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेको भए पनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वी नाका काँकररभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बङ्गाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सबै सवारीका साधन ठप्प थिए । गत चैत २६ देखि वैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सारर कार्यालय काँकरभिट्टाले रु एक अर्ब १० करोड राजश्व गुमाउनुपरेको कार्यालयले जनाएको छ ।
लकडाउन यता पूर्वी नाका भएर सबैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएपनि मुख्य राजश्व धान्ने हवाई इन्धन र ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थको आयात शून्य झै भएको भन्सार अधिकारी बताउँछन् । पूर्वी नाका काकरभिट्टाबाट झण्डै अढाई करोड मूल्य बराबरको फलफूल तथा तरकारी भित्रिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्