
- अर्थ सरोकार सम्बाददाता
जुम्ला । कर्णाली प्रदेशमा थप २४ जनाले कोरोना जितेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारत सुत्केरी र अठार दिने शिशुसहित २४ जनाले कोरोना जितेर घर फर्किएका हुन् । पछिल्लो पटक कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बिहीबार साँझ डिस्चार्ज गरिएको हो ।
सिञ्जा गाउँपालिका-४ काडागाउँकी ३९ वर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमासहित २४ जनालाई घर पठाइएको अस्पतालका निर्देशक डा. मंगल रावलले बताए ।
प्रतिष्ठानको आइसोलेसनमा अझै १२ जना संक्रमित उपचारत छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्