Skip to content
LAXMI SUNRISE BANK

जुवा खालमा प्रहरीको छड्के चेक, ५ जना पक्राउ, ५१ हजार रुपैयाँ र ३ बुक तास बरामद !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेका ५ जनालाई नियन्त्रणमा लिएको छ । धुम्बाराही बस्ने विष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । 
घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरु पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK