×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकका सिईओ श्रीचन्द्र भट्टले लिए शपथ, बैंक तथा बीमामा २ दशक बढीको अनुभव !

LAXMI SUNRISE BANK

ज्योति विकास बैंकका सिईओ श्रीचन्द्र भट्टले लिए शपथ, बैंक तथा बीमामा २ दशक बढीको अनुभव !

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीचन्द्र भट्टले शपथ लिएका छन् । बैंकको संचालक समितिको निर्णय अनुसार भट्टलाई सीइओमा चार बर्षका लागि नियुक्त गरेको हो । यसअघिका सिईओ मनोज ज्ञवालीले राजीनामा दिएपछि सिइओ पद खाली थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका भट्टसँग बैंक , बीमा र रेमिट गरी आर्थिक क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव रहेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३० अर्व लगानी गर्न सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी