×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा बाढीको वितण्डा…२ जनाको मृत्यु, झण्डै ७ सय परिवार विस्थापित !

PRIME CA
GLOBAL IME BANK

कैलालीमा बाढीको वितण्डा…२ जनाको मृत्यु, झण्डै ७ सय परिवार विस्थापित !

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कैलालीमा लगातार परेको बर्षाका कारण आएको बाढीमा परि दुई जनाले ज्यान गुमाएका छन् । मंगलबारदेखि परेको अबिरल बर्षामा गाउँमा परेको बाढीमा बेपत्ता भएका दुई जनाले ज्यान गुमाएका हुन् । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर ८ का ४० बर्षिय ईश्वर शाहको आज शव आज फेला परेको हो ।
शाहको शब बेपत्ता भएको ठाउँबाट एक किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताउनुभयो । 
यसअघि बिहिवार बेपत्ता भएका मध्ये भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव फेला परेको थियो । अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको प्रहरीले जनाएको छ । यता कैलाली जिल्लाभरी बाढी तथा डुबानको समस्यामा परि अनुमानित सात सय परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिबराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य विस्थापित परिवारको डाटा संकलनको कार्य चलिरहेको छ ।’  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: