×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस लिँदालिँदै पक्राउ पर्ने क्रम बढ्यो ! कैलालीका सबइञ्जिनीयर भट्ट पनि अख्तियारको फन्दामा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

घुस लिँदालिँदै पक्राउ पर्ने क्रम बढ्यो ! कैलालीका सबइञ्जिनीयर भट्ट पनि अख्तियारको फन्दामा !

Artha Sarokar

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिएको हो । सबइञ्जिनीयर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी