- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
उक्त प्रयोगशालामा आइतबारर अपरान्ह २ वजेसम्म २६३ जनामा परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टि हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका-७ का २५ वर्षीय पुरुष र दार्चुलाको नौगाड गाउँपालिका-७ का २८ वर्षीय पुरुष रहेका छन्।