
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ५६ जना कोरोना संक्रमित फेला परेको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ५६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमित संख्या ३ हजार ४६९ पुगेको छ । यसमध्ये महिला ७ सय ९० जना र पुरुष २ हजार ६७९ जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४६, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । थप पुष्टि भएकामध्ये कैलालीका १ पुरुष, कञ्चनपुरका ५ पुरुष र ५ महिला, अछामका २८ पुरुष र १० महिला रहेका छन् । त्यसैगरि डोटीका ४ पुरुष र १ महिला, बैतडीका १ पुरुष, डडेल्धुराका १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८०, बझाङ्गका १३९, बाजुरा ३९०, डडेल्धुराका २५९, दार्चुलाका १७, डोटीका ५१४, कैलालीका ९१६ र कंचनपुरका ४०० रहेका छन् । यसअघि ५ सय ८६ संक्रमित निको भइ घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्