×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा- पानीले गाउँ डुबाएपछि बिचल्लीमा कैलालीबासी, १२ तोला सुन चोर्ने ३ जना चोरहरु सार्वजनिक !

PRIME CA

देश बोल्ने फोटो कथा- पानीले गाउँ डुबाएपछि बिचल्लीमा कैलालीबासी, १२ तोला सुन चोर्ने ३ जना चोरहरु सार्वजनिक !

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले काढा नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको कैलालीको भजनीदेखि नवलपरासी पूर्व गैडाकोटमा रहेको मोनिका सुनचाँदी पसल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गर्दैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
काढा नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको कैलालीको भजनी । भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा सयौँ घर डुबानमा परेका छन् ।
काढा नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको कैलालीको भजनी । भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा सयौँ घर डुबानमा परेका छन् । 
बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको शिरमा रु एक करोडको लागतमा निर्माण सम्पन्न भ्यूटावर । जिल्लाकै पहिरो घरबास सञ्चालित यो गाउँमा  घरबासमा आएका पर्यटकलाई लक्ष्य गरी भ्यूटावर निर्माण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले निर्माण गरेको होल्डिङ सेन्टर जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिँदै । विदेशबाट जिल्ला भित्रिने व्यक्तिलाई पिसिआर परीक्षण गरेर रिपोर्ट नआएसम्म राख्न रेडक्रसले दश शैयाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाले जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका– १२ दामगाडेमा सडक मर्मत गर्दै ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत पर्ने त्रिपुरा माध्यामिक विद्यालय काटियाचौरमा वल्ड लिङ्कको इन्टरनेट सेवाबाट अनलाइन कक्षा लिँदै गरेका डोल्पाली छात्रा । इन्टरनेटले काम नगर्ने भएकाले धेरैजसो कक्षा छुट्ने गरेको उनीहरुले बताए । उनीहरु दुवैजना जिल्लाबाहिर बसेर पढ्दै आएका छन् । 
नवलपरासी पूर्व गैडाकोटमा रहेको मोनिका सुनचाँदी पसल चोरी गर्ने तीन जनालाई पक्रउ गरी सार्वजनिक गर्दै प्रहरी । अभियुक्तहरुकोे साथबाट १२ तोला ५ प्वाइन्ट सुन, ६ थान मोबाइल, सेफ लकर १ थान, स्कुटर १ थान र ठेला बरामद गरिएको छ ।
बाँकेको कोहलपुर नगरपालिकाको वडा नं। १२ र १३ जोड्ने रोहिणी खोलाको पक्की पुल वर्षाका कारण एकवर्ष नपुग्दै भाँसिए । रु।१० लाखको लागतमा निर्माण गरिएको पक्की पुल केही दिनअघि आएको वर्षाका कारण भाँसिएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ । 
जाजरकोटको छेडागाड नगरपालिका– १ र ४ को बीचमा रहेको खाराखोलाको किनारमा  बर्षाका कारण बाटो अवरुद्ध भएपछि रोकिएको काठ ढुवानी गर्ने ट्रक । 
भूमि ब्यवस्था सहकारी तथा गरीबी निवाणर मन्त्रालयको सहयोग र वालिङ नगरपालिका– ९ तल्लो वालिङमा रहेको कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित ढाका बुनाइ तालीममा ढाका बुन्न सिकाउँदै प्रशिक्षक मीनुकुमारी राना ।
इटालीबाट ल्याएको उच्च घनत्तो प्रजाती स्याउको बिरुवा मुस्ताङको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका– ५ पाक्लिङ्गमा रोप्दै किसान ।  स्याउको बिरुवा रोप्ने समय फागुन महिना भए पनि  बन्दाबन्दीका कारण  अहिले कृषकले यहाँ २५ हजार बिरुवा  रोपेका छन् । 
मुख्यमन्त्री लालबाबु राउतलगायतद्वारा प्रदेश नीति तथा योजना आयोगका पुस्तक सार्वजनिक गरिँदै ।
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ रोलघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० स्थापना ।  बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले गर्नुभएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: