×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा थपिए अहिलेसम्मकै बढी संक्रमित, कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

PRIME CA

सुदूरपश्चिम प्रदेशमा थपिए अहिलेसम्मकै बढी संक्रमित, कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । बिहिबार सुदुरपश्चिम प्रदेशमा एकैसाथ ३४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३२० जना र धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमित कुल संख्या तीन हजार १२१ जना पुगेको छ । 
टेकुमा गरिएको परिक्षणमा कैलालीका ६५, अछामका ३१, बझाङका ३५, डोटीका ५८ र कञ्चनपुरका ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै धनगढीमा गरिएको कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए । 
सुदूरपश्चिममा कोरोना पुष्टी भएकामध्ये सात जनाको मृत्यु भएको छ भने चार सय ९५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: