![](https://arthasarokar.com/wp-content/uploads/2020/07/2-274.jpg)
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । बुधबार कर्णाली प्रदेशमा तीन बालबालिकासहित २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका रहेको जनाएको छ । यस्तै, कर्णालीमा बुधबार मात्रै १३ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५४६ पुगेको छ ।