
काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि लक डाउन लगायतका कारणले राजश्वमा कमी आएको हो । कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माले गत आर्थिक वर्षमा रु २५ करोड ८४ लाख राजश्व संकलन भएको बताउनुभयो ।
केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजश्व बढेपनि ६ महिनायता कोरोनाले राजश्व प्रभावित बनेको छ । “बन्दाबन्दीले यहाँका नाकाहरु अझै प्रभावित भएको छ”, निमित्त कार्यालय प्रमुख शर्माले रासससित भन्नुभयो, “अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन ।”
गड्डाचौकी नाकाबाट ठुला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी हुने गरेको भन्सार कार्यालयको भनाइ छ ।“वनबासा पुलका कारण यहाँ आयात निर्यातका लागि ठूला सवारीसाधान चल्दैनन्”, शर्माले भन्नुभयो, “बन्दाबन्दी खुकुलो भएपनि नाका अझै सामान्य अवस्थामा आइसकेको छैन ।” उहाँले हाल गड्डाचौकी नाका दैनिक तीन घण्टा चलेको बताउनुभयो । त्यसैगरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ३४ करोड २० लाख राजश्व उठाउने लक्ष्य लिएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्