
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट १४ लाखको अवैध कपडा र विद्युत्का सामान बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा गए राति प्रहरीले कपडा र विद्युत्का सामान बरामद गरेको हो ।
म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख नौ हजार ९५० मूल्य बराबरको ल्याउँदै गरेको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । भारतबाट भन्सार छलेर कपडा र विद्युत्को सामान ल्याउँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोली सो सामान र सवारीसाधन बरामद गरेको उनले बताए ।
बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्