भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहु बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पु¥याइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी सङ्क्रमितको सङ्ख्या तीन हजार ७१७ पुगेको छ । यहाँ स्वास्थ्य समस्या र रोगको लक्षण देखिएपछि मात्रै सङ्क्रमितलाई अस्पतालमा स्थापना गरिएका आइसोलेशन कक्षमा राखेर उपचार गरिने नीति अवलम्बन गरिँदा झण्डै ९७. ७१ प्रतिशत सङ्क्रमित क्वारेन्टाइन र घरमै बसिरहेका छन् ।
बुधबारसम्म निर्देशनालयको तथ्याङ्क हेर्दा यहाँ २।२८ प्रतिशत सङ्क्रमितको मात्रै यहाँका आइसोलेशन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी सङ्क्रमणको आशङ्कामा रहेका १५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । यता स्थानीयवासी भने सङ्क्रमितलाई आइसोलेशनमा नराखेर घर पठाउँदा समुदायमा सङ्क्रमण फैलिने भन्दै त्रासमा छन् ।
“भारतबाट आएकालाई यहाँ क्वारेन्टिनमा राखियो,” कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का व्यवसायी सुरेन्द्र बमले भन्नुभयो, “सङ्क्रमण पुष्टि भएकालाई घर पठाउँदा समुदायमा सङ्क्रमणको सम्भावना धेरै भयो ।” उहाँले सङ्क्रमितलाई होम क्वारेन्टिनमा बस्न भनिएपनि बसाइ सुरक्षित नभएको बताउनुभयो ।
“सङ्क्रमण पुष्टि भएकालाई सार्वजनिक ठाउँमा क्वारेन्टिन बनाएर राख्न पाए हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले बाणी क्षेत्रमा मात्रै सय भन्दा बढी सङ्क्रमित घरमा हुँदा सङ्क्रमणको त्रास बढेको छ ।” उहाँले भारतबाट आउनेलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितलाई घरमा बसाउने काम गलत भएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको धनगढी, डडेल्धुराबाट हाल पीसीआर विधिबाट कोरोना परीक्षण हुनुका साथै सुर्खेत र काठमाडौँमा स्वाब पठाएर परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।
यहाँका विभिन्न जिल्लामा गरेर हालसम्म कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ सङ्क्रमणको लक्षण देखिएका र स्वास्थ्य समस्या भएकालाई मात्रै आइसोलेशनमा राखेर उपचार गरिने बताउनुभयो । “पहिले स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिनलाई अहिले आइसोलेशनमा परिणत गर्ने कार्य धमाधम हुँदैछ,” उहाँले भन्नुभयो, “सबै सङ्क्रमितलाई अस्पतालमा राखेर उपचार गर्ने सम्भावना नै रहेन ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा ९८६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै कञ्चनपुरमा ४४०, डडेल्धुरामा २६९, अछाममा ५८७, बैतडीमा २९७, बाजुरामा ४४४, दार्चुलामा १९ र डोटीमा ५३३ जनामा सङ्क्रमण देखिएको छ ।
त्यसैगरी यहाँका नौ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा ९९३ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले बिहीबारसम्म गरेर यहाँ सङ्क्रमितको सङ्ख्या ४४३ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै निको भएर घर फर्किसकेका छन् ।” उहाँले पछिल्लो चरण कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगरमा ५०/५० श्ययाको कोरोना अस्पताल केही समय अघिदेखि सञ्चालनमा ल्याएको छ । यहाँ रहेका सङ्क्रमितमध्ये अधिकांश भारतबाट फर्किएका रहेका छन् । प्रदेश सरकारले यहाँ अझै समुदायस्तरसम्म कोरोना फैलिइ नसकेको दाबी गर्दै आएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्