- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा संक्रमण पुष्टी भएको हो ।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमा २१ पुरुष र ५ महिलामा संक्रमण पुष्टी भएको हो ।