×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टी, २६ जना डिस्चार्ज !

GLOBAL IME BANK

कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टी, २६ जना डिस्चार्ज !

२६ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कालिकोट । कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रगोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४ जना, डोल्पाका १ जना र सल्यानका १ जनामा कोरोना पुष्टी भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा सल्यानका ९ जना र जाजरकोटका २ जनामा कोरोना पुष्टी भएको छ । 
यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा सर्खेतका ७ जना, बाजुराका १ जना र दैलेखका २ जनाका कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट २५ जना र दुल्लु अस्पताल दैलेखबाट १ जना गरी २६ जना कोरोना जितेर घर फर्किएका छन् । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५ सय ८८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: